Thursday, July 27, 2017

कुकुरको मासु चल्ने दक्षिण कोरियाका राष्ट्रपतिले पाले उद्धार गरिएको कुकुर, बन्यो ‘फर्स्ट डग’


बीबीसी
दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जाइले राष्ट्रपति चुनावको क्रममा गरेको आफ्नो बचन पूरा गरेका छन् । उनले एक उद्धार गरिएको कुकुरलाई एडप्ट गरेर आफ्नो बाचा कायम गरेका छन् ।  
राष्ट्रपति निवास चियोङ वा दाई (द ब्लू हाउस) को फेसबुक पेजमा दक्षिण कोरियाले पशु अधिकारको समर्थन स्वरुप टोरीलाई देशको ‘फर्स्ट डग’ को रुपमा घोषणा गरेको छ ।
चार वर्षको कालो रङको मोङ्ग्रेललाई पशु अधिकार समूह कोएग्जिस्टेन्स अफ एनिमल राइट्स अन अर्थबाट एडप्ट गरिएको हो । दक्षिण कोरियाको योनह्याप न्यूज एजेन्सीले कुनै आश्रित कुकुर ‘फर्स्ट डग’ भएको यो पहिलो घटना भएको बताएको छ ।
उक्त समूहले टोरीलाई दुई वर्ष अघि एक बधशालाबाट उद्धार गरेको थियो । तर दक्षिण कोरियामा कालो कुकुरप्रतिको पूर्वाग्रहका कारण यसलाई पाल्न मालिक पाइएको थिएन । आफूले उक्त कुकुरलाई पाल्ने निर्णय गर्नुको पछाडि मानव र पशु दुबै पूर्वाग्रह र भेदभावमुक्त हुनुपर्छ भन्ने सन्देश दिन खोजेको योनह्यापले बताएको छ ।
टोरीलाई राष्ट्रपतीका अन्य दुई पाल्तु जनावर– मारु नामको कुकुर र पूर्व आश्रित बिरोलो जेजिङ–जेजिङसँगै राखिएको छ ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: