Tuesday, May 16, 2017

ओखलढुगांमा पुर्ननिर्माण अन्तर्गत दोस्रो किस्तामा सिफारिस हुने लाभग्राहीको संख्या बढ्यो



दानुरी शेर्पा । ओखलढुङ्गा

जेष्ठ १ ओखलढुङ्गा  । ओखलढुगांमा पुणनिर्माण अन्तर्गत दोस्रो किस्तामा सिफारिस हुने लाभग्राहीको संख्या बढेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यलय ओखलढुगाका अनुसार हालसम्म १ हजार २६ जना लाभग्राहीको नाम दोसा्रे किस्तामा सिफारिस भएको जनाएको छ । यी संख्यामा रहेका लाभग्राहीको भबन डिभिजन कार्यलयले दोस्रो किस्ताको लागि सिफारिस गरी अहिले बैँक खातामा रकम जम्मा भई लिने पक्रिया सुरु भैरहेको पुणनिर्माण प्राधिकरण ओखलढुगांका प्रमुख युबराज खरेलले बताउनुभयो । उहाँका अनुसार १ हजार २६ जना लाभग्राहीको सिफारिस भएकामा ६ सय ३२ जनाले दोसा्रे किस्ताको रकम लिइ सकेका छन् । उनीहरुले दोस्रो किस्ता बापतको १ हजार ५० हजार पाएका छन् । ओखलढुगांमा दोस्रो किस्ता पाँउ भनी निबेदन दिनेको संख्या १६ सय रहेको छ ।

 अहिले जिल्लामा पुणनिर्माण कार्यक्रम अन्तर्गतका ३ हजार ५ सय ८५ वटा घरहरु निर्माण भैरहेका छन् । त्यस्तै तेस्रो किस्ताको लागि पनि दुई जनाको नाम सिफारिस भएको पुणनिर्माण प्राधिकरण प्रमुख खरेलले जानकारी दिनुभयो । तेस्रो किस्ता पाउनका लागि सिफरिस हुनेमा साबिकको अँधेरी नारायनस्थान वडा नं ३ का तुलबहादुर कार्की र टेकबहादुर बाँनिया रहेका छन् । उनीहरुले तेस्रो किस्ता बापतको रकम पाउने भएको हो । यसैबिच पहिलो किस्ता पाउन सम्झौता भएको संख्या १८ हजार ६ सय ६३ रहेको छ भने अहिलेसम्म १८ हजार ५ सय ३३ जना लाभग्राहीले पहिलो किस्ताको रकम पाइसकेका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यलयले जेठ मसान्त भित्र दोस्रो किस्ता बापतको रकम लिई सक्न पनि आग्रह गरेको छ । 
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: