माइक्रोसफ्टका मालिक बिल गेट्स अब संसारकै धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन् । उनको स्थान ओगटेका छन् इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस ।
फोर्ब्सको ताजा रिपोर्ट अनुसार बेजोसँग यतिबेला ९०.६ अर्ब डलरको सम्पत्ति छ जबकी गेट्सको सम्पत्ति ९० अर्ब डलर छ । उनको कम्पनीको सेयरको मूल्यमा भएको बढोत्तरीका कारण बेजोसको सम्पत्ति पनि एकाएक बढेको हो ।
रिपोर्टका अनुसार बिहिबार बिहान न्यूयोर्क स्टक एक्सचेन्जमा अमेजनको सेयरको मूल्य १.३ प्रतिशत बढेर १,०६५.९२ डलरको स्तरमा पुग्यो । यस्तोमा कम्पनीको १७ प्रतिशत सेयरका मालिक बेजोसको कूल सम्पत्ति ९०.६ अर्ब डलर नजिक पुगेको छ ।
स्मरण रहोस्, ब्लूमबर्गको इन्डेक्समा माइक्रोसफ्टका सहसंस्थापक ६१ वर्षीय बिल गेट्स सन् २०१३ मे महिनादेखि संसारका सबैभन्दा धनी व्यक्तिको रुपमा रहँदै आएका थिए । यस्तै यस वर्षको मार्चमा बेजोसले संसारका सर्वाधिक धनीको सूचीमा पाइला टेकेका छन् ।
0 comments: