दानुरी शेर्पा ओखलढुुगां । ओखलढुंगामा घरको छतबाट खसेर आज एक बालिकाको ज्यान गयो । ओखलढुंगामा घरको छतबाट खसेर शुक्रबार एक बालिकाको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडा निवासी शेर्सिङ्ग शेपाका दुई बर्षिय छोरी पासाङ शेर्पाको ज्यान गएको हो । दुई तले घरको छतमा खेलीरहेका बालिका बिहान अचानक भुईमा खसेर सख्त घाइते भएका थिए । त्यसलगतै बालिकालाई उपचारका लागी अस्पताल लैजाने तयारी गर्दा गर्दै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बालिका छतबाट खसेको समयमा आमा भान्सामा रहेको र दिदि गिटि कुटिरहेकी थिईन् । मृतक बालिकाका बुबा भने बैदेशिक रोजगारीका लागी बिदेशमा रहेका छन् ।
0 comments: