Saturday, June 17, 2017

के तपाइको कान कराउछ



असार ३, २०७४( कान कराऊनु वा बज्नु भनेको त्यस्ता ध्वनिहरु सुन्नु, जुन शब्द वस्तुतस् उत्पन्न नै भइरहेको छैन । यसलाई अंग्रेजीमा टाईनिटस भनिन्छ। जस्तै स् धन्टी बज्नु, छालऊर्लेको आवाज, स्याँ(स्याँको आवाज,  सिठी बजेको, गित गुनगुनाएको वा अरु नै प्रकारका आवाजहरु कानमा निरन्तर वा बन्द हुँदै आउँदै गर्छन् । यस किसमको आवाज एक वा दुबै कानमा सुनिनसक्छ। जब आसपास सुनसान वातावरण हुन्छ वा एकदमै कम आवाज भइरहेको छ भने त्यसबेला कानमा हुने आवाज ९कानकराऊने० असैह्य रुपले बढ्न जान्छ।  यहासम्म कि तपाईं कुनै शान्तकोठामा गहिरो निन्द्रामा सुतिरहनु भएको हुन्छ । त्यसबेला पनि तपाईं यस आवाजलाई सुन्नुहुन्छ।

कानको श्रवण शक्ति स् कान एउटा ईन्द्रिय हो। यसकारण यदि कसैको कान बज्दछ भने, स्वभाविक रुपले यो मानिन्छ कि, ऊसको सुन्ने शक्ति कमजोर हुँदैछ या भईसकेको छ। तर वास्तविकता यसको ठिक विपरित छ। कान कराउने र श्रवणशक्ति यि दुबै को परस्पर कुनै सम्बन्ध हुँदैन । कान काराउने टाईटिनिस बाट पीडित व्याक्तिहरुलाई सुन्नमा कुनै अप्ठ्यारो हुँदैन । कानबज्ने समस्याबाट ग्रस्त व्याक्तिहरु अन्य आवाजहरुको तुलनामा एकदमै चाँडै सुन्दछन। आवाज सुन्नाले कानबज्ने समस्या सुरु भयो यस्तो पनि होइन। तर कान कराउनु श्रवणशक्ति कम हुनुको पूर्व संकेत भने अवश्य हुनसक्छ ।

कान किन कराउँछ स् टाइनिटस अर्थात कान कराउनुको कारण हो, कानमा संक्रमण हुनु । कान भित्र रुकावट ९व्लोकेज० हुनु । प्राय यस्तो पनि देखिऐको छ कानको ईन्फेक्शन वा ब्लोकेज को राम्रोसित ऊपचार गरिएको छ भने कान कराउने समस्याबाट पनि व्याक्ति ले मुक्ति पाउँछ । यदि ऊपरोक्त चिकित्सा गराए पश्चात पनि कान कराउने समस्या भई नै रह्यो भने यसको थप उपचार आवश्यक हुन जान्छ।

कान कराउने कारण स् कान बज्ने यहि नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन किनभने यसका अनेकौं
कारणहरु हुनसक्छन् ।


  • टाऊकोमा चोटपटक लाग्नु 
  • कानमा ईन्फेक्शन९संक्रमण हुनु 
  • कानमा जाम ब्लोकेज हुनु 
  • कानै निर ठुलोआवाज्धामाका या विस्फोट हुनु 
  • सर्दि(जुकाम, पिनास देखि मधुमेहसम्मको कुनैपनि रोगलाग्नु  
  • रक्ताल्पता एनिमिया हुनु 
  • मुटुको रोग 
  • ऊच्च रक्तचाप 
  • रगतमा थाइराईड हार्मोन्सको स्तर कम हुनु 
  • कानमा कानेगुजि वाक्स जम्मा हुनु आदी ।


कामको अत्यधिक चापको साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुन सक्छ। यस बाहेक एन्टिबायोटिक औषधिहरुको प्रयोग, स्प्रिन टेबलेट, मुत्रबर्धक ९पिशावलागाउने० औषधि, एन्टिडिप्रेशनको औषधि तथा अत्यधिक रक्सिको सेवनले पनि व्याक्तिमा ुटाईटिनसु कान कराउने समस्या सुरु हुनसक्छ। यो सुचि यहि समाप्त हुँदैन। बृद्धा अवस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आऊनाले पनि कान कराउने हुनसक्छ । भित्रि कानको रोगकोकारण तथा मध्यकानको हड्डीमा क्षय रोग ९औस्टोसेक्लोरोसिस० पनि कान कराउने कारण बन्नसक्छ। 


जोखिम स् कलकारखानामा कामगर्ने श्रमिकहरु, संगितकार तथा होहल्ला हुने वातावरणमा कामगर्ने मानिसहरु विषेशगरी जोखिमा हुनछन्। भने धुम्रपान गर्ने व्याक्तिहरुमा पनि ुटाइनिटसु कान कराउने समस्या विकशित हुने खतरा बढी रहन्छ ।

रोगको निदान स् ईएनटि ९नाक,कान,घाटी० रोग विषेशज्ञद्वारा यस रोगको परिक्षण हेतु एक किसिम को जाँच गराइन्छ। जसलाई अडियोमेट्री टेस्ट भनिन्छ । यो बहिरोपन नाप्ने तरिका हो। यसको रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनि सल्लाह दिन्छन् ।

भाविफल ९प्रोग्नोसिस० स्  यसको कुनै औषधि छैन । यसको ऊपचार भनेको कानमा ९हेयरिङ एड० लगाउने हो । यसबाट प्रष्ट आवाज सुनिन्छ ।

होमियोप्याथिक उपचार स् होमियोप्थिक औषधिको विषेशता के हो भने यसको कुनै विनाशकारी प्रभाव हुँदैन । होमियोप्याथिक औषधिले सोझै हाम्रो शरिरको मुख्य नियन्त्रक अर्थात मस्तिष्क स्नायुहरुमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अगं या ग्रन्थिलाइ दुरुस्त हुने प्रेरणा पठाउँछ। जुन एक स्वउपचारको सहि तरिका पानि हो। यि औषधिहरुलाई नियमानुसार प्रयोग गर्ने हो भने तपाईं यस टाईनिटस अर्थात कान बज्ने रोगबाट सदाका लागि सजिलै सित छुटकारा पाउन सक्नुहुनेछ।

औषधिहरु 


  • कालिआयोड : कानभित्र गीत बज्ने, टिस(टिसको आवाज वा नानाथरिका आवाज आउने लक्षण भएमा९यस औषधिको प्रयोले फाइदा हुन्छ।
  • चिनिनम सल्फ : कान भित्र मैरी काराएको जस्तो भूँ(भूँ को आवाज आउनु, घुर्नेको जस्तोआवाज आउनु, अत्यधिक ठूले आवाज सुनुका साथे रिगँटा पानि लाग्ने भएमा यसकफ प्रयोग गर्न सकिन्छ ।
  • बेराईटाकार्ब : बढी उमेर भएका बुढा(बुढीहरुमा चक्कर लाग्नु, कानभित्र आवाज गुन्जिनु आदि समस्या देखिएमा यस औषधिको प्रयोग लाभ दायक मानिन्छ।
  • नेटृर्म(सल्फ स: कान कराउनु, रिंगटा लाग्नुका साथे कान नसुन्नु बहिरोपन,कानमा टन(टन आवाज आईरहनु आदिमा यसको प्रयोग लाभदायक मानिन्छ।
  • लाईकोपोडियम स् यस औषधिको प्रयोग कान पाकेकादेखि बहिरोपन भएकाले पनि गर्न सक्छन् ।

यसबाहेक अन्य औषधिहरु पनि छन् जस्तै– चायना, लाईकोपोडियम, कार्बोभेज ,कल्केरियाकार्ब आदि । 
ऊपरोक्त होमियोप्यथिक औषधिहरुको प्रयोग आफ्नो निकटतम कुनै योग्य तथा अनुभवि होमियोप्याथिक डाक्टरसँग परामर्श लिई प्रयोग गरेमा अत्यन्त लाभदायक हुनेछ। कारण तपाईंको चिकित्सकले तपाईंको रोग को गतिबिधि हेरि आवश्यक परेमा केहि औषधिहरु हेरफेर गर्नसक्ने हुन्छन् ।


ekantipur




See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: