Tuesday, May 23, 2017

ओखलढुगांका एक कृषक बेमौसमी अकबरे खोर्सानीको बेर्ना बेचेर मनग्य आम्दानी गर्दै

दानुरी शेर्पा । ओखलढुङ्गा

ओखलढुगांका एक कृषकले बेमौसमी अकबरे खोर्सानीको बेर्ना बेचेर मनग्य आम्दानी गरेका छन् । जिल्लाको कुइभिरका तुलकर्ण राईले बेमौसमी खोर्सानीको बेर्ना  बेचेर आफुले गाँउमै मनग्य आम्दानी हुने गरेको बताउनुभयो । पानीको सुबिधा पनि राम्रोसँग नभएको ओखलढुगांमा उहाँले अहिले ५० हजार खोर्सानीको बेर्ना तयार पारेका छन् । त्यसमध्ये २५ हजार बेर्ना बिक्री भैसकेको र अब आफुसँग २५ हजार अकबरे खोर्सानीको बिरुवा बाँकी रहेको बताउनुभयो । कृषक राइले बिक्री भैसकेको बेर्ना जिल्लाका केतुके बजार, सदरमुकाममा लाग्ने हटिया,मानेभञ्ज्याङ बजार, खानिभञ्ज्याङ, रामपुरको बजार र सोलखुम्बुुको नेचा लगायतका स्थानमा लाग्ने हटियामा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । 

कृषक राईले आफुले तयार पारेको बेमौसमी अकबरे खोर्सानीको बेर्ना बिगत २ महिनादेखि बिक्री गरिएको बताउनुभयो । उनले प्रति बेर्ना ५ रुपियाँ दरले बेच्ने गरेका छन् । आफुले अहिलेसम्म २५ हजार बेर्ना तयार गरेर ९० हजार भन्दा बढी कमाएको भनाइ छ । 

कृषक तुलकर्णका अनुसार आफुले बजारमा स्थानीय जातको अकबरे खोर्सानी हो भनेर चिनाउन भने गाह्रो भएको बताएका छन् । कृषक तुलकर्णले सुन्तला र कागतीको रुखको फेदमुनि पनि बेमौसमी अकबरे खोर्सानीको बेर्ना लगाउने सकिने बताउनुभयो ।

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: