काठमाडौं दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमापर्ने प्रवल सम्भावना बढेको छ ।
वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावनाउच्च रहेको विज्ञहरुको ठहर छ ।
छिमेकी मुलुकहरुमा आणविक भट्टीमा हुनसक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपालत्यस्तो जोखिममा रहेको विज्ञहरु बताउँछन् । भारतको उत्तरप्रदेशस्थित नारोरा प्लान्ट र बंगलादेशमानिर्माणाधीन भट्टी नेपाली सीमा क्षेत्रबाट क्रमशः १ सय ९० र २ सय ७० किलोमिटरका हाराहारीको हवार्य दूरीमारहेको बताइएको छ ।
हाल भारतका विभिन्न प्रान्तमा करिब २ दर्जन आणविक भट्टी सञ्चालनमा छन् भने बंगलादेश आगामी ५ वर्षभित्रमा २ वटा भट्टी सञ्चालनमा ल्याउने तयारीमा जुटेको आजको नेपाल समाचारपत्र दैनिकमा खबरछ
0 comments: