दानुरी शेर्पा जेष्ठ १४ ओखलढुगां। कुङ्गा शेर्पा सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने ओखलढुगांकै पहिलो आरोही बने ।
खिजीदेम्बा गाँउपालिका वडा नं ९ का कुङ्गा शेर्पा ओखलढुगां जिल्लाकै सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा बनेका छन् ।
जिल्लाको साबिकको गाबिस खिजीफलाटे वडा नं ९ भित्तेका कुङ्गाले हालै मात्रै ८ हजार ८ सय ८४ मिटरको बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफलतापुर्बक आरोहण गर्नु भएको हो । कुङगाले गत मे १९ अर्थात जेठ ७ गते.. बिहानको सातबजे नेपालको आइस ल्याण्ड ट्रेकिङ कम्पनीको ७ सदस्यीय टोलीसहित सगरमाथाको आरोहण गरेको उक्त ट्रेकिङ कम्पनीका डाइरेक्टर टेण्डी शेर्पाले जानकारी दिनुभयो । २५ बर्षका कुङ्गाले पहिलोपटक तिब्बतको मोहराबाट सगरमाथाको आरोहण गर्नुभएको हो । आरोही कुङ्गाका अनुसार आफुसहित ७ सदस्यको टोली मे २० अर्थात जेठ ६ गते बेलुका ७ बजेबाट सुरु भएको यात्रा भोलीपल्ट बिहान ७ बजे चुचुरोमा पुगेको बताउनुभयो । उहाँले आफुसहितको टोली चुचुरोमा पुगी त्यही दिनको १ बजे झण्डै १७ घण्टामा आफुहरु ओर्लीएको जानकारी दिनुभयो । आफु सगरमाथाको चुचुरोमा पुग्दा खुसीले हाँसो भन्दा आँशु झरेको अनुभब भएको यात्रामा सँगै रहेकाले बताएका छन् । कुङ्गाले यसभन्दा अगाडी ६ हजार मिटर भन्दा माथिका ७ भन्दा बढी हिमशृङखलाहरु चढिसकेका छन् । कुङ्गाले २०१६ को मे १९ मा पनि नेपालबाट सगरमाथाको आरोहरण गरेका थिए । तर यसपटक भने उनले चिनको भुभागबाट सफल आरोहण गरेका हुन् । आरोही कुङ्गाले राजधानीको केभ्स कलेजबाट प्लस टु सम्मको पढाइ साथै एचएम आरटी र आइस क्लाइमबिङ कोर्स पुरा गरेका छन् ।
ओखलढुगां जिल्लाबाट नै सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने कुङ्गा साबिकको खिजीफलाटे गाबिस वडा नं ९ का गम्बु शेर्पा र याङडी शेर्पाका छोरा जेठा छोरा हुँन् । आखिर को हुन् त कुङगा ? आमा याङडी शेर्पा र बुबा गम्बु शेर्पाको छोरा कुङगाको जन्म २०४९ साल ४ महिना १ गते खिजीफलाटेको दुर्गम बस्ती भित्तेमा भएको हो । नत त्यो बेला, डाक्टर, नत राम्रो खालको स्वास्थ्य चौकी ? कुङगा याङडी र गम्बुका जेठा छोरा, पहिलो सन्तान भएर जन्म लिए । त्यपछि उनी केही बर्ष पछि घर नजिकै रहेको देम्बा प्राबि भित्तेमा बालापन सँगै क ख पढ्न गए, त्यहीँ कुङगाले ५ कक्षासम्मको शिक्षा लिए अनी ६ कक्षामा भर्ना हुन गाबिसको नजिकै पर्ने फुलमति उमाबिमा भर्ना भए । फेरी कुङगाको ५ बर्ष त्यही बित्यौ । अन्तत उनले त्यस बिद्यालयबाट एसएलसी पास गराइ छाडे, त्यसपछिको बाध्यता गाँउमा प्लस २ सम्मको राम्रो सुबिधा थिएन । उनी उच्च शिक्षाका लागि त्यसपछि राजधानीलाई ताक्न थाले, नताक्नु पनि कसरी आफ्नै बुवा ट्रेकिङ लाइनमा काम गर्ने,, बुवाको पनि त्यही सपना थियो, होला छोराले राम्रै पढोस भन्ने ,, बस यति भैदियो, आखिर कुङगाले राज्धानीको चाबाहिलमा रहेको केभ्स कलेजमा २ बर्ष लगाएर प्लस २ को उच्च शिक्षा पनि पुरा गरे, कुङगालाई त्यो दुई बर्ष कटाउन खासै गाह्रो भएन किनकी उनी ट्यालेन्ट पनि थिए । सानैदेखि कसैसँग नराम्रो हुन नचाहने कुङगा कसैसँग झुक्न पनि पछि नपर्ने युबाका रुपमा परिचित छन् ।
0 comments: