Friday, June 9, 2017

ओखलढुगांको कुन्तादेबीमा अन्तरपुस्ता सीप हस्ताण्तरण कार्यक्रम सम्प्रन्न


जेठ २६ देम्बा खबर

दानुरी शेर्पा  ओखलढुङ्गा।ओखलढुगांको कुन्तादेबीमा अन्तरपुस्ता सीप हस्ताण्तरण कार्यक्रम सम्प्रन्न भएको छ । महिला तथा बालबालिका कार्यलय ओखलढुगाको आर्थिक सहयोग तथा ज्येष्ठ नागरिक जिल्ला संघ ओखलढुगांका. आयोजनामा सरस्वती बुङनाममा कार्यक्रम गरिएको हो ।

अन्तरपुस्ता सीप हस्ताणतरण कार्यक्रममा ज्येष्ठ नागरिक र कक्षा ९ र १० का बिद्यार्थीबिच पुराना अनुभब आदानप्रदान, पाकापुस्ता र युबापुस्ताबिचको दुरीलाई घटाउने तरिका, ज्येष्ठ नागरिकका पुराना सीप तथा अनुभब लिँदा युवापुस्तालाई पुग्ने फाइदा तथा युबापुस्ताका कुराहरु ज्येष्ठ नागरिकहरुलाई बुझाउने तरिका लगायतका बिषयमा छलफल भएको ज्येष्ठ नागरिक संघ ओखलढुगांका अध्यक्ष जीबन शर्माले बताउनुभयो । स्थानीय बिकास अधिकारी यमलाल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्रियालाई महिला बिकास नीरीक्ष बिन्दिया राज भण्डारी, युएन एफ पिएका कार्यक्रम संयोजक सरिता दाहाल र अनीरुद्र बृद्दाआश्रमका अध्यक्ष दयाराम धमलाले ज्येष्ठ नागरिक र नयाँ युबापुस्ताबिच देखिएको दुरी र त्यसलाई कम गर्ने उपायको बिषयमा सहजीकरण गर्नु भएको ज्येष्ठ नागरिक संघ ओखलढुगांले जनाएको छ । कार्यक्रममा स्थानीय बिकास अधिकारी यमलाल अधिकारीले ज्येष्ठ नागरिक र युबापुस्ताबिचको खाडल पुर्दै पुराना सीप तथा अनुभब हस्ताणतरण गर्न आयोजित कार्यक्रम अन्त्यत उपयोगी रहेको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक तथा बिध्यार्थीहरु गरी ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: