Wednesday, June 14, 2017

नेपाल लोकतान्त्रिक दलद्धारा सिद्धिचरण नगरपालिकामा उम्मेदवार तय



जेठ ३१ दानुरी शेर्पा, ओखलढुङ्गा । नेपाल लोकतान्त्रिक दल फोरमले ओखलढुुगांको सिद्धिचरण नगरपालिकामा उम्मेदवार तय गरेको छ ।

उक्त दलले सिद्धिचरण नगरपालिकाको मेयरमा भक्तराज कटवालको नाम सार्बजनिक गरेको छ भने उपमेयरमा कमला राईलाई तय गरेको हो । त्यस्तै सो दलले जिल्लाका ८ वटै स्थानीय तहमा उम्मेदवारी दिन नसकेपनि नगरपालिका र केही गाँउपालिकाका वडाहरुमा उम्मेदवार तय गरेको लोकतान्त्रीक दल ओखलढुुगांले जनाएको छ । स्थानीय तहको चुनाबमा दललाई जिताउन केन्द्रीय सहसंयोजक महेश कोर्मोचा, केन्द्रीय सदस्य तोयानाथ दाहाल, भत्तराज कटवाल, टिकाराम गिरी र निर्मल सुनुवार लगायतका नेतृत्वलाई सदरमुकाम र गाँउपालिकाहरुमा खट्ने जिम्मेवारी दिएको पार्टीका जिल्ला अध्यक्ष एबं सिद्दीचरण नगरपालिका वडा नं ५ का वडा अध्यक्षका उम्मेदवार टिकाराम गिरीले जानकारी दिनुुभयो ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: