Tuesday, June 13, 2017

ओखलढुगांमा संस्थागत बिद्यालयहरुका लागि पाँच दिने तालिम आजबाट सुरु

दानुरी शेर्पा जेठ ३० ओखलढुङ्गा । ओखलढुगांमा संस्थागत बिद्यालयहरुका लागि पाँच दिने पाठ्यक्रम, पाठ्यक्रमको महत्व बिषयक तालिम आजबाट सुरु भएको छ ।


तालिम शैक्षिक तालिम केन्द्र काभ्रेपलाञ्चोक र प्याब्सन ओखलढुगांको संयुक्त आयोजनामा सुरु भएको हो । पाँच दिनसम्म संचालन हुने तालिममा पाठ्यक्रम, पाठ्यक्रमको महत्व र नबप्रदानात्मक शिक्षण सिकाइ किर्याकलापका बिषयमा छलफल तथा अन्तक्रिया हुने लालीगुराँस इङलीस स्कुलका प्रीन्सीपल सुर्यबहादुर श्रेष्ठले जानकारी दिनुभयो । तालिममा ओखलढुगां जिल्लाका ११ वटा संस्थागत बिद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको प्याब्सन ओखलढुगांले जनाएको छ । तालिम ओखलढुगां उद्योग बाणिज्य संघको सभाहलमा भइरहेको छ ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: