Tuesday, June 13, 2017

ओखलढुगांमा बदर मत घटाउन नमुना मतदान गरियो


दानुरी शेर्पा जेठ ३० ओखलढुङ्गा । जिल्ला निर्वाचन कार्यालयले ओखलढुंगाले सदरमुकाममा नजिकिँदो स्थानीय तहको निर्वाचनलाई लिएर सरोकारवालाहरूसँग छलफल तथा नमुना मतदान कार्यक्रम गरेको छ । कार्यालयले निर्वाचनसँग सम्बन्धित गतिविधिबारे जानकारी दिन र बदर मत घटाउन उक्त कार्यक्रम गरेको निर्बाचन अधिकारी अर्जुन राईले बताउनुभयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, जिल्ला समन्वय समितिका संयोजक यमनाथ अधिकारी, जिल्ला निर्वाचन अधिकारी अर्जुन राईलगायत राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहमा खटिने निर्वाचन अधिकृत, कार्यालय प्रमुख र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: