देम्बा खबर जेठ २८
ओखलढुंगा, २८ जेठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि स्थानीय तहको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले ओखलढुंगाका ७ गाउँ पालिका र १ नगरपालिकासहित ८ स्थानीय तहका लागि आगामी ५ वर्षे योजना एमालेले सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरीकरण तथा औद्योगिकरणलाई जोड दिइएको छ । एमालेले जिल्लाको विकासलाई खानेपानी, सिंचाई, पर्यटन र कृषिः विद्युतीकरण र औद्योगिकरण ओखलढुंगाको समृद्धिभन्ने नाराले समेटेको छ । के के छन् जिल्लाको विकासका एजेण्डा ।।
एमालेले आफ््नो प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पुनः निर्माण, उर्जा तथा विद्युतीकरण, सिचाइर खानेपानी, प्रेस तथा संचार, वस्ती विकास र शहरीकरण लगायतका विषयमा पाँच वर्षमा देखिने विकासका सुचक उल्लेख गरेको छ । एमालेले पाँच वर्षमा समृद्ध ओखलढुंगा बन्ने सुचक समेत उल्लेख गरेको छ । प्रत्येक घर परिवारमा स्वच्छ खानेपानी, शौचालय र फोहर व्यवस्थापन३० वटा वाल उद्यान, १५ वटा पार्क र २५ वटा खेल मैदान, जिल्लाका सबै कार्यालयहरुमा शुन्य भ्रष्टचार, हरेक तहमा कम्तिमा एक वैंकको शाखा, प्रत्येक वडामा कम्तिमा एउटा सहकारी, वार्ड वार्ड र टोल टोलमा सडक सञ्जाल, खानी तथा खनीज उत्खनन् कार्यको प्रारम्भ,उज्यालो वस्ती, सुकुम्वासी समस्याको व्यवस्थापन एमालेका सुचक रहेका छन् । यीनै सुचकका आधारमा एमालेले स्थानीय तहको निर्वाचनमा आफ्नो बिस्तृत कार्ययोजना नै प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । एमालेले कुन सूचक कुन वर्षमा पुरा हुन्छ भन्ने किटान नगरे पनि पाँच वर्षमा परिकल्पना पुरा हुने एमाले जिल्ला उपाध्यक्ष नेत्रप्रसाद भट्राईले जानकारी दिनुभयो । एमालेले एक गाउा पालिका एक स्मार्ट सिटीको अवधारणा पनि अघि सारेको छ ।
उसले एक घर एकधारा, सिंचाई र विद्युतीकरण पहिलो चरणमा कार्यन्वयन गरिने जनाएको छ भने कृषिमा आधुनिकीकरण, उर्जा र पर्यटन आर्थिक समृद्धिका मेरदण्ड भनेको छ । ‘जिल्लाको विकास लागि प्रतिद्धता पत्र मार्ग दर्शन हो’ भट्टराईले भन्नुभयो । यसका आधारमा सबै गाउँपालिका र नगर क्षेत्रको सन्तुलित विकासका लागि स्थानीय तह अनुासर फरक फरक प्रतिबद्धता पत्र उम्मेदवारहरुले तय गरेको उहाँको भनाइ छ ।
0 comments: