देम्बा खबर जेठ २८
दानुरी शेर्पा ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुगांले स्थानीय तहका उम्मेदवारहरुको टुगाें लगाएको छ । कांग्रेस ओखलढुगाले आगामी असार १४ गते हुने स्थानीय तह चुनाबका लागि टिकट बितरणमा समस्या भएका बाँकी गाँउपालिकाहरुमा उम्मेदवारहरुको अन्तिम टुगो लगाएको हो ।कांग्रेस ओखलढुगांले यस अघि टिकट बितरणमा समस्या भएका बाँकी गाँउपालिकाहरुका उम्मेदवारहरुको नाम आज सार्बजनिक गरेको जनाएको छ । यसअघि टिकट बितरणमा मानेभञ्ज्याङ र सुनकोशी गाँउपालिकामा कांग्रेसमा प्रमुख पदका आकांक्षी बढी देखिएपछि भएको आन्तरिक समस्या लाई समाधान गर्दै केन्द्रीय समितिबाट मानेभञ्ज्याङको प्रमुखमा मोतिराज राई, र उपप्रमुखमा सबिता राईको नाम टुंगाएको छ । यसैगरी सुनकोशी गाँउपालिकामा जिल्ला सचिब रुद्र अधिकारी र उपप्रमुखमा दुर्गा तामाङ लाई उम्मेद्वार बनाएको हो । १ नगरपालिका र ७ गाँउपालिका रहेको ओखलढुगांमा कांग्रेसले सिद्दीचरण नगरपालिकामा प्रमख उम्मेदवारका रुपमा डिल्लीराम खनाल, उपप्रमुखमा हेमालक्ष्मी राई, खिजीदेम्बामा बेदबहादुर रोका, उपप्रमुखमा सुशीला तामाङ, चम्पादेबीमा नबराज केसी र उपप्रमुखमा निर्मला रैका लाई उमेद्वार बनाएको छ । त्यस्तै मोलुङ गाउँपालिकाको प्रमुखमा महेन्द्र कार्की र उपप्रमुखमा हेमकुमारी तामाङ, लिखु गाउँपालिकामा प्रमुख अशोक कार्की र उपप्रमुखमा मन्दिरा दाहाल लाई दिएको छ भने चिशंखुगढी गाउँपालिका प्रमुखमा टेकराज भट्टराई र उपप्रमुखमा खिला आलेमगरलाई उम्मेदवार बनाएको नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो ।
उम्मेदवारहरुको टुगो लागेसँगै ओखलढुगा कांग्रेसले नेता कार्यकर्तालाई स्थानीय चुनावलाई महाउत्सवका रुपमा लिएर भए रहित वातावरणमा चुनावलाई सम्पन्न गराउन आ आफ्नो स्थान बाट भूमिका खेल्न जिल्ला नेतृत्वले अनुरोध गरेको छ । एक नगरपालिका सहित सात गाउँपालिका तथा ७५ वटा वडाको टीकट टुंगो लागेसंगै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु चुनाबी अभियानका साथ गाउँ केन्द्रीत भएका छन् ।
0 comments: