दानुरी शेर्पा जेठ २९
ओखलढुङ्गा ।, ओखलढुगांमा
भुकम्पपछिको पुणनिर्माण अन्तर्गत दोस्रो किस्ता पाँउ भनी निबेदन दिनेको संख्या ४
हजार ४ सय ४० पुगेको छ ।
पहिलो किस्ता लिई घर निर्मार्ण गरिरहेका लाभग्राहीबाट निबेदन
दिनेको संख्या पछिल्लो समय केही बढेको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति
ओखलढुगांले जनाएको छ । अहिले ओखलढुगांमा ५ हजारको संख्यामा पुणनिर्माण अन्तर्गतका
लाभग्राहीहरुले घर निर्माण गरिरहेका छन् । सहरी तथा भबन डिभीजन कार्यलयले भने
अहिलेसम्म ३५ सय ५० जनाको नाम दोस्रो किस्ता पाउन योग्य छ,, भनी सिफरिस गरेको जनाइएको छ
। पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति प्रमुख युबराज खरेलका अनुसार मापदण्ड
अनुकुल नभएका घरहरुलाई पनि पुन प्राबिधिकले निरीक्षण गरी भुकम्प प्रतिरोधी आबश्यक
प्रबिधि प्रयोग गरी दोस्रो किस्ता लिन सहयोग पू¥याउने काम भइरहेको छ । उहाँले अन्य जिल्लाको
तुलनामा डकर्मीकै अभाब भएपनि ओखलढुगांमा पुणनिर्माणको गति तुलनात्मक रुपमा अगाडी
रहेको बताउनुभयो । ओखलढुगांमा जम्मा लाभग्राही २० हजार १ सय ६५ जना रहेका छन् ।
यसअघि दोस्रो किस्ता लिने २ हजार १ सय २८ जना रहेका छन् भने तेस्रो किस्ताका लागि
दुईजनाको नाम सिफारिस भएको पुणनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति ओखलढुगांले
जनाएको छ ।
0 comments: