Monday, May 15, 2017

ओखलढुङ्गाको खिजीदेम्बा गाँउपालिकाको माथिल्लो भेगका उपभोक्ताहरु ३ महिनादेखि अध्याँरोमा बस्न बाध्य ।






दानुरी शेर्पा । ओखलढुङ्गा


जेष्ठ १ ओखलढुङ्गा  ।

ओखलढुगांको खिजीदेम्बा गाँउपालिकाको माथिल्लो भेगका उपभोक्ताहरु ३ महिनादेखि अध्याँरोमा बस्न बाध्य भएका छन् । साबिकको खिजीफलाटे ४ मा रहेको मंगलाखर्क सिस्ने खोला लघु जलबिद्युत समितिले बिग्रेको ट्रान्सफर्मर मर्मतमा ध्यान नदिँदा माथिल्लो भेगका भित्ते, नयाँबन, भित्री र नोसीका उपभोक्ताहरु अध्यारोमा बस्न बाध्य भएका हन् ।

 बिद्युत समितिले मर्मतमा चासो नदिँदा दोब्रे डाँडामा रहेको टा«न्सफर्मर जलेको ३ महिना बित्दा पनि आफुहरु अध्याँरोमा बस्नु परेको माथिल्लो भेग भित्तेका उपभोक्ता पेम्बा शेर्पाले बताउनुभयो । उहाँले माथिल्लो भेगका उपभोक्ताहरु अध्याँरोमा बस्नु पर्दा पनि मंगलाखर्क लघु जलबिद्युत समितिका जिम्मेवार ब्यक्तिहरुले अहिले खासै चासो नदिएको बताउनु भएको छ ।

यस्तै बिद्युत समितिले पछिल्लो समय लापरबाही गरी कतिपय ठाँउका उपभोक्ताले बत्ती बाल्न नपाएको तर महश्ल मात्र तिर्नु परेको खिजीफलाटे बजारका उपभोत्तलाहरुले गुनासो गर्ने गरेका छन् । बत्ती नबलेको बिषयमा जानकारी गराँउदा केही ब्यक्तिहरु आफैँ माथि आइलाग्ने गरेको स्थानीय खिजीबजारका नाम नबताउन भन्दै एकजनाले भनेका छन् । यता बिद्युत समितिले भने पछिल्लो समय माथिल्लो भेगमा सानो क्षमताको ट्रान्सफर्मर भएर जलेको र अब छिट्टै मर्मत गरेर संचालनमा ल्याउने जनाएको छ । समितिका एक अधिकारीले आफुहरुले अहिलेसम्म एकपटक पनि आम भेला र बैठक नबोलाएकोले आफुहरु नै अहिले समितिको ब्यक्तिहरुसँग राम्रो सम्पर्कमा नरहेको खुलासा गरेका छन् ।

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: