Monday, May 15, 2017

अबरुद्द रहेको इको हाइड्रो पावर पुन संचालनमा







दानुरी शेर्पा । ओखलढुङ्गा

जेष्ठ १ ओखलढुङ्गा  ।
                ओखलढुगांमा बिगत दुई महिनादेखि अबरुद्द रहेको इको हाइड्रो पावर पुन संचालनमा आएको छ । जिल्लाको साबिक पोकली गाबिस वडा नं ९ मा रहेको महाबिर खोला इको हाइड्रो पावर पुन मर्मत गरी संचालनमा आएको हो ।

 केही महिना अघि हाइड्रो पावरको पावर हाउसमा रहेको मेसिनमा खराबी आएपछि झण्डै २ महिना त्यहाँको बिद्युत सेवा अबरुद्द बनेको थियो । साबिकको पोकलीको वडा नं ९ मा रहेको मेसिनमा खराबी आएपछि त्यहाँका उपभोक्ता समस्यामा परेको थिए भने अहिले मेसिनको मर्मत भएर बत्ती बलेपछि उपभोक्ताहरुमा खुसी छाएको हाइड्रो पावरका अध्यक्ष मानबहादुर तामाङलाई उदृत गर्दै स्थानीय शान्त बम्जनले जानकारी दिनुभयो ।

यस्तै खिजीफलाटेको माथिल्लो भेग भित्ते, नयाँबन, नोसीका बिद्युत उपभोक्ता भने अझै बत्ती मुनिको अध्यारोमा नै रहेका छन् । खिजीफलाटेको वडा नं ४ मा रहेको मंगलाखर्क सिस्ने लघु जल बिद्युतका समितिले माथिल्लो भेगका लागि जडान गरिएको टा«न्सफर्मर जलेपनि मर्मतमा ध्यान नदिँदा त्यस भेगका उपभोक्ता पनि ३ महिनादेखि समस्यामा परेको भित्तेका पेम्बा शेर्पाले बताउनुभयो । यता बिद्युत समितिका कोषाध्यक्ष कमलकृष्ण तामाङले भने ट्रान्सफर्मर मर्मत पहल भइरहेको आश्वासन दिने गरेका छन् । कोषाध्यक्ष तामाङले अहिलेसम्म आफुहरुले गएको बर्षदेखि आम भेला र बैठक केही नगरेको खुलासा गर्नु भएको छ । उहाँले समितिका अध्यक्षलाई चुनाब लागेकाले, आम भेला चुनाब पछि राख्ने की अगाडी राख्ने भन्नेमा अन्योल रहेको बताउनुभयो ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: