मुम्बई, जेठ १० – तमिलनाडुको एक अदालतले मंगलबार आठ तमिल चलचित्र कलाकारविरुद्ध गैरजमानती पूर्जी जारी गरेको छ ।
यी कलाकारहरुमा बाहुबलीमा कटप्पाको भूमिकामा देखिएका अभिनेता सत्यराज, सूर्या, आर शरतकुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र चलचित्र निर्देशक चेरन शामिल छन् ।
मानहानीको एक मुद्दामा अदालतमा उपस्थित नभएको कारण निलगिरी क्रिमिनल कोर्टले यी कलाकारहरुविरुद्ध गैरजमानती पूर्जी जारी गरेको हो ।
फिल्म कलाकारहरुविरुद्ध एक पत्रकारले मानहानीको मुद्दा दायर गरेका थिए ।
सन् २००९ मा यस ममिलामा तमिलनाडुको एक अखबारमा छापिएको लेखको दक्षिण भारतीय फिल्म कलाकारको संगठनले निन्दा गरेको थियो ।
देहव्यापारको एक मुद्दामा प्रहरीले फिल्म अभिनेत्री भुवनेश्वरीलाई पक्राउ गरेपछि एक अखबारले यस पेशामा जुडिएको भन्दै केही अभिनेत्रीहरुको सूची नै प्रकाशित गरेको थियो । जसलाई लिएर निकै विवाद भएको थियो ।
फिल्म कलाकारको भनाई थियो, उक्त लेखले फिल्म अभिनेत्रीहरुको छविलाई नुक्सान पुर्याएको छ ।
मुद्दा दर्ता गर्ने पत्रकारले फिल्म कलाकारहरुले एउटा अखबारको आलोचना गर्नुको साटो पूरै पत्रकार समुदायको अपमान गरेको दाबी गरेका छन् ।
-Ratopati
0 comments: