Monday, May 22, 2017

प्रभासको फिल्म रिजेक्ट



देम्बा खबर
पछिल्लो समय कुनै फिल्मको नाम खुबै चलिरहेको छ भने त्यो हो 'बाहुबली २' । २८ अप्रिलमा रिलिज भएको यो फिल्मको चर्चा अझैपनि उस्तै छ । फिल्मको मात्र होइन यसका मुख्य भूमिका निर्वाहा गरेका प्रभासको चर्चा पनि अहिले हट केक बनेको छ । सोही कारणले गर्दा बलीउडका चर्चित नायिकाहरु पनि उनीसँग काम गर्न ललायित छन् ।
तर, बलीउड दुई नायिकाले भने प्रभाससँग काम गर्ने मानेनन् । प्रभासको नयाँ फिल्म ‘साहो’मा नायिका श्रद्धा कपूरलाई अफर गरिएको थियो । तर, श्रद्धाको पारिश्रमिक बढी भएको कारण निर्माताले उनको डिमाण्डलाई पुरा गर्न सकेनन् । श्रद्धाले ‘साहो’को लागी ८ करोड मागेकी थिइन् ।
यस्तै, पछिल्लो समय चर्चामा रहेकी अर्की नायिका दिशा पटानीलाई पनि फिल्मको लागि भनिएको थियो । दिशाले फिल्मको लागी ५ करोड पारिश्रमिक मागे पछि निर्माताले उनको डिमाण्ड पुरा गर्न सकेनन् । बढी पारिश्रमिकको कारण यी दुई नायिकाले प्रभाससँग काम गर्न पाएनन् । त्यसो त श्रद्धा र दिशा बलीउड बक्स अफिसमा त्यति सफल हुन सकेका छैनन् ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: