Thursday, August 24, 2017

अनौठो समस्या देखियो दोलखाको विद्युत प्राधिकरणमा उपभोक्ता बन्द, हड्ताल र डेलिगेसनमा व्यस्त


रवीन्द्र गौतम । दोलखा

भदौ ९, दोलखा । करिब डेढ महिनादेखि अनौठो समस्या देखिए पछि अवरुद्ध बनेको दोलखा जिल्लाको विद्युत् प्रशारण समस्या सुल्झिन नसक्दा जिल्लाका उपभोक्ताहरु वन्द हड्तालमा उत्रिएका छन् ।
       प्रत्येक ५ देखि १० मिनेटमा विद्युत् प्रशारण अवरुद्ध भएर वाक्क भएका दोलखा जिल्लाका उपभोक्ताहरुले पटक पटक मौखिक र लिखित आग्रह गर्दा समेत विद्युत नियमित नभए पछि वन्द हड्तालसम्ममा उत्रिएका हुन् । दैनिक करिब डेढ सयभन्दा बढि टेलिफोनमार्फत गुनासो गरिने तथा जिल्लाका नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मी, व्यवसायी लगायतले लिखित उजुरी गर्दासम्म पनि विद्युत् नियमित हुन नसक्दा उत्तरी दोलखाको व्यापारिक नाका सिंगटी बजार बन्द गरेर व्यवसायीहरु हड्ताल सम्ममा उत्रिएका छन् ।

        
       सदरमुकाम चरिकोटस्थित प्राधिकरणको सम्पर्क कार्यालयमा दैनिकजसो विभिन्न निकायबाट डेलिगेसन पुग्ने र ज्ञापनपत्र बुझाउनेको ओइरो लाग्दा समेत विद्युत् नियमित हुन सकेको छैन । दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका सल्लाहकार महेश श्रेष्ठका अनुसार गत जेठ १५ सम्ममा सबै प्राविधिक समस्या समाधान गरि विद्युत् नियमित गराउने लिखित कागज गरे पनि हालसम्म कुनै चासो नदिएको कारण व्यवसायीहरु हड्तालमा उत्रिन बाध्य भएको जनाएका छन् ।
      नेपाल विद्युत प्राधिकरण दोलखा शाखाको अनुसार दिउँसोको समयमा विद्युत् प्रशारणमा अनौठो समस्या देखिएको बताएको छ । विद्युत् प्राधिकरण दोलखाको इन्जिनियर उमेश श्रेष्ठकाअनुसार घाम लागेर तापक्रम बढेसँगै मकैबारी सवस्टेशनमा स्वचालित ट्रिप हुन्छ र विद्युत् अवरुद्ध हुन्छ । ठूलै जनशक्ति र खर्च गर्दा पनि समस्या हालसम्म पनि पहिचान हुन नसकेको इन्जिनियर श्रेष्ठ बताउँछन् । तर साँझको समय र चिसो मौषम हुने विक्तिकै समस्या आफै समाधान भएर विद्युत नियमित भईरहेकोले जिल्लामा अनौठो समस्या देखिएको इन्जिनियर श्रेष्ठ स्वीकार गर्छन ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: