दानुरी शेर्पा असार ४ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकामा डिल्लीराम र हेमालक्ष्मीलाई जिताउनुबाहेक अन्य बिकल्प नभएको कांग्रेस नेताहरुको भनाइ । नेपाली कांग्रेसले सिद्दीचरण नगरपालिकामा उम्मेदवारी दर्ता गरिएलगत्तै आमसभा गरेका छन् । कांग्रेसले नगरपालिकाको उम्मेदवारी दर्ता गराएपछि खाद्य संस्थानको प्राङगणमा आम सभा गरेको हो । आम सभामा नेपाली कांग्रेसका साँसद रामहरि खतिवडा लगायत जिल्लाका कांग्रेसका नेता, आगामी चुनाबमा उम्मेदवारी दर्ता गराएका नगरपालिकाका सबै तहका उम्मेदवार र कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको नेपाली कांग्रेस ओखलढुगांले जनाएको छ । आम सभामा नगरपालिकाको समृद्दिको लागि आफुहरु चुनाबी अभियानमा होमीएकाले भोट दिएर आफुलाई जिताउन उम्मेदवारले आग्रह गरेका छन् । नेताहरुले नगरपालिकाको बिकासको लागि सिद्दीचरण नगरपालिकामा कांग्रेसका उम्मेदवार लाई जिताउनुबाहेक अन्य बिकल्प नभएको बताएका हुन् । सिद्दीचरण नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा डिल्लीराम खनाल र उपमेयरमा हेमालक्ष्मी राईले मनोनयन दर्ता गराएका छन् ।
0 comments: