Monday, June 12, 2017

चार्ली च्याप्लिनका १० भनाई जसले बदलिदिन सक्छ तपाइँको सोँचाई


चार्ली च्याप्लिन विश्वका महान
हास्यव्यंग्यकार मानिन्छन्। यिनले आफ्नो जिवनमा निकै ठूलो सफलता हात पारे तर उनको जिवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए ।तर आफुले जिवनमा जतिधेरै दुख झेल्नुपरेपनि उनले अरुलाई हँसाइ नै रहे । उनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् । साँच्ची उनका केही भनाइहरुले हाम्रो सोँचाइ नै बदलिदिन्छन् । हाम्रो सोँचाइ नै बदलिदिने चार्लीका १० भनाई यस्ता छन्:
ऐना मेरो सबैभन्दा असल साथी हो। किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन।
यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन।
म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस्।
नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो।
यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।
मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस्।
केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन।
मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो।
आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ।
यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: