Tuesday, June 20, 2017

थोलेदेम्बा घुमौँ अभियानमा साइकल यात्री आईपुगे खिजी..

दानुरी शेर्पा असार ५ ओखलढुङ्गा । थोलेदेम्बा घुमौँ भन्ने साइकल यात्रा अभियान काठमाँडौबाट थोले देम्बा डाँडा घुमौँ भन्ने साइकल यात्रा अभियान लिएर खिजीदेम्बा गाँउपालिकाका कुङ्गा शेर्पा र गोर्खाका बलराम कुमाल साइकल यात्राबाट खिजीफलाटे आइपुगेका छन् । 

खिजीदेम्बा गाँउपालिकाको माथिल्लो भेग भित्तेका शेर्पा र गोर्खाका कुमाल, ट्रेकर नेपाल नामक ट्रेकिङ कम्पनीका प्रबन्ध निर्देशक एबं खिजीदेम्बा गाँउपालिका, सुन्कोतीका ओङ्डा शेर्पाको सहयोगमा पहिलोपटक थोलेदेम्बा घुमौँ भन्ने साइकल यात्रा अभियानबाट खिजीफलाटे आइपुगेका हुन् । उनीहरुले ३३ सय मिटर उचाईमा रहेको देम्बा डाँडालाई साइकल यात्राबाट पनि पुग्न सकिन्छ भनेर पर्यटकीय स्थलका रुपमा चिनाउने उद्देश्यले काठमाँडौबाट दुई दिन गरी आज खिजीफलाटे आइपुगेको बताइएको छ । बस र जीपमा राजधानीबाट १० घण्टामा खिजीफलाटे आइपुग्ने भएपनि आफुहरु साइकल यात्रा त्यसमा पनि कच्ची बाटो भएका कारण दुख कष्टका साथ खिजीफलाटे आइपुगेको साइकल यात्री कुङ्गा शेर्पाले बताउनुभयो । अर्का साइकल यात्री कुमालका अनुसार आफुहरुको योजना ओझेलमा परेको रमणीय स्थलको पर्यटन प्रबद्र्दनमा जोड दिनु भएकाले जस्तोसुकै दुख भएपनि थोलेदेम्बा पुगेर अभियान फेरी काठमाँडौ नै फर्किएपछि अन्त्य हुने बताउनुभयो । शेर्पा र कुमालले थोलेदेम्बा घुमौँ अभियान लिई, साइकल यात्रा गर्ने आफुहरु नै पहिलो भएको दाबी गरेका छन् । शेर्पा ओखलढुगां जिल्लाकै सानो उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो कान्छा आरोही हुन् ।



See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: