Tuesday, May 30, 2017

नेपाली सेनाको जहाज दुर्घटना

देम्बा खबर जेष्ठ १६


काठमाडौं : नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा भएको छ । दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खाद्य संस्थानको चार्टर फ्लाइट लिएर सुर्खेतबाट हुम्ला जाने क्रममा मौसम खराबीका कारण कोल्टी विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको हो ।
सैनिक प्रवक्ता झंकर बहादुर कडायतका विमानका पाइलट सामान्य घाइते रहेको बताउनु भयो ।
सुर्खेतबाट हुम्लाको सिमकोटतर्फ गएको विमान त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।
दुर्घटनाका क्रममा विमानमा आगलागी भएको छ। आगलागीबाट नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिला गम्भीर घाइते भएका बाजुराका प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टले जानकारी दिनुभयो।
विमानमा लागेको आगो भने प्रहरीले निभाएको छ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: