जेष्ठ ४ देम्बा खबर भारतीय सिनेमाका थुप्रै रेकर्ड बनाउने फ्यान्टेसी ड्रामा फिल्म ‘बाहुबली–टु’, आफ्नो स्पेशल इफेक्टका कारण निकै चर्चामा छ । ठूल्ठूला झरना, पानीमा डुबेकी शिवगामी देवीको हातमा बच्चा वा प्रभास र तमन्नाको निकै उत्कृष्ट वातावरणका बिचको रोमान्स ।
बाहुबलीको पहिलो संस्करणले यी सबै सट्समार्फत मानिसहरुको दिल जित्यो भने बाहुबली–टु अब आफ्नो अझै माझिएको र भव्य भिएफएक्सका लागि चर्चामा छ र यी स्पेशल इफेक्ट्सका लागि ३५ भन्दा बढि देशी र विदेशी स्टूडियोको मद्दत लिइयो ।
बाहुबली टुमा भिएफएक्स सुपरभाइजर रहेका आर सी कमलकन्ना भन्छन्, ‘यो फिल्मका लागि थुप्रै भारतीयका साथै विदेशी स्टूडियोलाई पनि काम दिइयो । हामीसँग निकै कम समय थियो । जुन स्टुडियो जे कामका लागि दक्ष थिए त्यसलाई त्यही काम दिइयो । त्यसैले यति ठूलो प्रोजेक्ट समयमा नै पूरा हुन सक्यो । हरेक ठूला फिल्मका लागि यसरी नै काम गरिन्छ ।’
बाहुबली टु मा महिष्मती राज्यको ठूलो झरनामा बनेको एलिफेन्ट ब्रिजको चर्चा हरेकले गरिरहेका छन् । यसलाई कम्प्युटर ग्राफिक्सको मद्दतले बनाइयो । साथै प्रभास र फिल्मकी नायिका अनुष्का शेट्टीमाथि छायांकन गरिएको रोमान्टिक गीत एक सेतो रङको हाँसको डुङ्गामा छायांकन गरियो जसका कारण हाँसको आकारको काठको सेट बनाइयो ।
कटप्पाले जुन दृश्यमा बाहुबलीलाई मारेका थिए, त्यो दृश्य छायांकनका लागि पनि भिएफएक्सको सहारा लिइयो ।
कमलकन्ना भन्छन्, ‘कटप्पाले बाहुबलीलाई मारेको दृश्य हामीले कम्प्युटरको मद्दतले तरवार कसरी वारपार हुनेछ र दुबै पात्रहरु कसरी खडा हुनेछन्, त्यसमाथि थुप्रै पटक चर्चा परिचर्चा गरेपछि उक्त दृश्य तयार भयो ।

फिल्ममा मन्त्रीको दरबारलाई केही सेकेन्डका लागि देखाइए पनि यसलाई ग्राफिक्सको रुपमा तयार गर्न दुई महिनाको समय लागेको थियो । विशेष कुरा के छ भने यी दृश्यलाई बाहुबलीको पहिलो संस्करणको क्रममा नै सुटिङ गरिएको थियो । क्रोमामा सुटिङ भएको यो सिक्वेन्समा राजसिंहासनसँग ४ खम्बा र केही सैनिक थिए । तर पर्दामा आधा किलोमिटर लामो राजदरबार र सैयौं सैनिक देखिन्छन् ।
बाहुबलीको पहिलो संस्करणमा पानीमा डुबिरहेकी शिवगामी देवीको हातको बच्चा भएको दृश्य विशेष चर्चामा रह्यो । दृश्य छायांकन गर्ने बेला बच्चाको सट्टामा पानीको बोतलको प्रयोग गरिएको थियो । भीएफएक्सको मद्दतले यो दृश्य तयार गर्न पनि थुप्रै दिन लागेको थियो ।
बाहुबली टु मा हावामा उड्ने सैनिकको दृश्य पनि चर्चित भयो । यो दृश्यलाई पनि ग्रिन म्याट अर्थात् क्रोमामा सुटिङ गरिएको थियो । यो दृश्यका लागि एक सानो ढोका बनाइयो । हावामा देखाइएको यो दृश्यलाई पनि कम्प्युटर ग्राफिक्सको मद्दतले छायांकन गरियो र यसका लागि ५ महिनाको समय लाग्यो । प्रसिद्ध एरो सीन र देवसेनाको लडाईं पनि कम्प्युटर ग्राफिक्सको मद्दतले देखाइयो ।
फिल्मको समूह अनुसार भीएफएक्समाथि फिल्मको कूल बजेटको २० प्रतिशत हिस्सता अर्थात् लगभग १ अर्ब रुपैयाँ यसका लागि खर्च गरियो । स्मरण रहोस्, बाहुबलीका दुई संस्करण ५ सय करोडको कूल बजेटमा बनेको थियो । फिल्मका लागि ग्राफिक्स गर्ने मकुटासँग जोडिएका प्याट क्यालिफोर्नियाबाट भारतमा आएर कम्पनी चलाइरहेका छन् ।
उनी भन्छन्, ‘राजामौली जस्ता निर्देशकको सोच र नजर निकै ठूलो छ । जुन प्रकारले उनी काम गर्छन् र गराउँछन् त्यो प्रशंसायोग्य छ ।’ प्याटका अनुसार बलिउड पनि प्राविधिक हिसाबले तीब्र रुपमा अगाडि बढिरहेको छ र हलिउडभन्दा धेरै पछि छैन ।
-बीबीसी
0 comments: