मेरी र रोकुजो बाल्यकालका छिमेकी हुन् । ५ बर्षकै उमेरमा मेसीले रोकुजोलाई देखेका थिए । त्यसपछि उनी १३ बर्षको उमेरमा स्पेन पुगे । उनी फुटबल क्लब बार्सिलोनामा भर्ती भए । यद्यपी उनीहरु सधै सम्पर्कमा रहन्थे । उनीहरुको यो मित्रता प्रेममा बद्लियो । २००८ मा मेसी र रोकुजो एकसाथ बस्न थाले । उनीहरुबाट दुई छोरा समेत जन्मिए ।
बिवाहको रौनक
मेसीको बिवाहले विश्वकै ध्यान खिच्यो । समाचारमा जनाइएअनुसार बिवाह समारोहमा विश्वविख्यात फुटबलर र हलिउड स्टार्स पुगेका थिए । उनीहरु निजी बिमानमार्फत त्यहा पुगेका थिए ।
– मेसीकी पत्नीक एन्टोनेलाको पहिरन बिशेष किसिमले निजी बिमानमा रोसेरियो पुर्याइएको थियो ।
-रिंग सेरोमनीपछि मेसीले एन्टोनेलालाई वेडिङ किस गरेका थिए ।
-बिवाह समारहेपछि मेसी र एन्टोनलाले मिडियालाई पनि केहि समय दिएका थिए । समारोहका अन्य समयमा चाँहि मिडियालाई अलग गरिएको थियो । मोवाइल फोन बन्देज गरिएको थियो ।
-पाहुनालाई वेलकम किटको रुपमा रेड वाइन, लोकल डिजर्ट र चकलेट बक्स दिइएको थियो ।
0 comments: