Wednesday, June 21, 2017

शाहरुखले भने, ‘छोरा आर्यनले युवतीलाई चुम्बन गरे ओठ काटिदिन्छु’

शाहरुख खान आफ्ना बच्चाको विषयमा कति पजेसिव छन् त्यो कुरा हामीमध्ये धेरैलाई थाहा छ । यसका साथै उनी महिलालाई पनि निकै इज्जत गर्दछन् । केही समय अघि डीएनएलाई दिएको एक अन्तर्वार्तमा उनले आफ्नो छोरा आर्यनको ओठ काटिदिने चेतावनी दिएका थिए ।

वास्तवमा एक अन्तर्वार्तामा शाहरुख खानसँग सोधियो कि यदि उनको छोरा आर्यनले कुनै महिलालाई चुम्बन गरे उनको प्रतिक्रिया के होला ?
यसमा शाहरुख खानले जवाफ दिएका थिए, ‘यदि आर्यनले यस्तो गरे म उनको ओठ काटिदिन्छु ।’
उनले हाँस्दै भनेका थिए, ‘म एक महिलाको ओठ त काट्न सक्दिनँ किनभने यो कुनै पुरुषले गर्ने काम होइन त्यसकारण ती महिलाको पिताको तर्फबाट आर्यनकै ओठ काटिदिन्छु ।’
यतिमात्र होइन, शाहरुखले ती महिलाको पिताको साथ दिने पनि बताएका थिए । यसका साथै शाहरुखले कुनै पनि पुरुषले महिलालाई न त छुन सक्ने न नै नोक्सान पुर्याउने छुट भएको बताएका छन् ।
स्मरण रहोस्, शाहरुखले ओठ काट्ने धम्की दिएको यो पहिलो घटना भने होइन । तर उनले यो धम्की आफ्ना सन्तानलाई नभई अरु व्यक्तिलाई दिएका थिए ।
पछिल्लो वर्ष शाहरुखले यदि उनकी छोरी सुहानालाई कुनै पुरुषले चुम्बन गरे ती व्यक्तिको ओठ काटिदिने अभिव्यक्ति दिएका थिए ।
यो कुरा उनले करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा भनेका थिए ।
शाहरुखले उनकी छोरी सुहानालाई डेट गर्नका लागि कडा नियम पनि निर्धारण गरिसकेका छन् । यिनै नियममध्ये शाहरुखले ती पुरुषसँग जागिर पनि हुनुपर्ने बताएका थिए ।
-रातोपाटीबाट

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: