दानुरी शेर्पा, असार ८, ओखलढुङ्गा । उपप्रमुख पदका लागि दिपेन्द्र रुम्दाली, पदम कार्की, अन्जुला घिसीङ र वडा अध्यक्ष पदका लागि नबराज खड्का, कर्मा शेर्पा र वडा सदस्यका लागि बाबु शेर्पाले उम्मेदवारी दिएका हुन् । नेपाल पत्रकार महासंघ ओखलढुगा शाखाका अध्यक्ष दिपेन्द्र रुम्दाली, संघीय समाजबादी फोरमको तर्फबाट माने भञ्ज्याङ गाँउपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नु भएको हो । यस्तै मिडिया नेपाल ओखलढुगांका अध्यक्ष पदम कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चम्पादेबी गाँउपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नु भएको छ । कार्की जिल्लाकै उपप्रमुख उम्मेदवार मध्ये कान्छा उम्मेदवार हुँन् ।
"ओखलढुगांका ६ पत्रकार चुनाबी मैदानमा उत्रीए, गाँउ र देशको बिकास गर्ने उद्देश्य रहेको पत्रकारहरुको भनाइ"
त्यसैगरी प्रेस सेन्टरका अन्जुला घिसीङ मोलुङ गाँउपालिकाको उपप्रमुख पदमा उम्मदवार बन्नु भएको छ । घिसीङ माओबादी केन्द्रमा आबद्द रहनु भएको छ,भने प्रेस सेन्टरकै अध्यक्ष नबराज खड्का पनि सुनकोशी गाँउपालिकाको वडा नं ३ का वडा अध्यक्षका उम्मेदवार बन्नु भएको छ । त्यसैगरी मोलुङ गाँउपालिका वडा नं ७ मा नेपाल पत्रकार महासंघ ओखलढुगांका सदस्य बाबु शेर्पा वडा सदस्यमा उम्मेदवार बन्नु भएको छ । शेर्पा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएको हो । शेर्पा पत्रकार महासंघका सचिब, पिके मिडियामा आवद्ध पत्रकार कर्मा शेर्पा पनि चुनावी मैदानमा रहनु भएको छ । शेर्पा सिद्धिचरण नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदको लागि उम्मेदवार बन्नु भएको हो । । संघीय समाजवादी फोरमबाट उनी चुनावी मैदानमा उत्रिएका हुन् । अहिले उम्मेदवार बनेका ६ पत्रकार चुनाबी प्रचार प्रसारमा होमीएका छन् । लामो समयपछि स्थानीय तहको निर्बाचन भएको हुँदा उनीहरु स्थानीय सरकारमा बसी गाँउ र देशको बिकास गर्ने आफुहरुको उद्देश्य रहेको मिडया नेपालका अध्यक्ष एबं उपप्रमुखका कान्छा उम्मेदवार पदम कार्कीले बताउनुभयो ।
See more at : dembakhabar.blogspot.com

0 comments: