Sunday, June 25, 2017

मौन अबधि सुुरु हुन केही घण्टा बाँकी हुुँदा ओखलढुुगांमा बिभिन्न दलको चुनाबी सभा सम्पन्न

दानुरी शेर्पा, आसार ११, ओखलढुुगां ः आगामी असार १४ गते बुधबार हुने स्थानीय तहको चुनाबलाई लक्षित गर्दै आज मध्यरात देखि मौन अबधि सुुरु हुने भएको छ ।

आज रातको १२ बजेदेखि कुनै पनि दलका प्रतिनिधि र अन्य कसैले पनि चुनाबको प्रचार प्रसार गर्न नपाइने भएको निर्बाचन आयोगले जनाएको छ । यस्तै आज अन्तिम दिन ओखलढुुगांमा सबै दलले आफ्ना भोट माग्ने अभियान र चुनाबी सभालाई सकाएको छ । जिल्लामा आज मात्रै नेकपा एमाले र नेकपा माओबादीका केन्द्रीय नेताले आम सभालाई सम्बोधन गरेका छन् । नेकपा एमालेको खिजीदेम्बा गाँउपालिकाको गाँउपालिकास्तरीय सभालाई पोलिटब्युरो सदस्य पशुपति चौलागाँइ र जिरी नगरपालिकाका मेयर टंक जिरेल र सांसद यज्ञराज सुुनुवारले खिजीफलाटे बजारमा भएको सभालाई सम्बोधन गर्नु भएको हो ।

त्यस्तै नेकपा माओबादी केन्द्रका नेता एबं पुर्ब स्थानीय बिकास मन्त्री हितराज पाण्डेले पनि आजै सिद्दीचरण नगरपालिकाकाको कार्यक्रमलाई सम्बोधन गर्नुुभएको छ । यस्तै नेपाली कांग्रेसले आज सिदीचरण नगरपालिकाको सल्लेरीमा आम सभा गरेर चुनाबी अभियानलाई सम्पन्न गरेको छ । अहिलेसम्म ओखलढुुगांमा बिशेष गरी तिन ठुला दल र अन्य केहीले चुनाबी सभा र प्रचार प्रसारलाई बजारमा जताततै कोहाहलका रुपमा प्रयोग गरिरहेका छन् । ओखलढुुगांमा मतदाताको घरदैलोमा पुुग्नुभन्दा पनि नेता तथा तिनका कार्यकर्ताहरुले एक स्थानमा सभा गरेर भाषण गरी, भोट माग्ने र बढी चुनाबी गित बजाएर टाटा सुमो र मालबाहक साना गाडीहरुलाई रिजर्ब गरी ओल्लो बजार र पल्लो बजार घुमाएर भोट माग्ने गरेका हुुँन् । आगामी बुधबार हुने स्थानीय तहको चुनाब नजिकिएसँगै जिल्लामा सबै पार्टीले आफ्नो पार्टीले जित्ने दाबी गर्ने गरेका छन् । जिल्लामा हेर्ने हो भने उम्मेदवारहरुको चुनाबी खर्च ब्यापक रुपमा बढेको अनुमान छ । केही उम्मेदवारहरुले पैसाको खोलो बगाएझै गरी चुनाबमा भोट माग्न प्रचार प्रसार र कार्यकर्ता पाल्ने गरेको अन्य पार्टीका कार्यकर्ताहरुले बताउने गरेका छन् । तर उम्मेदवारहरुले बढी प्रचार प्रसार र तडक भडक देखाँउदा मतदाताहरु भने चुनाबको बेला भोट माग्ने र अरुबेला कहाँ लुकेर बस्छ अत्तोपत्तो हुँदैन भन्दै, उम्मेदवारहरुले बढी आश्वासन मात्र दिने गरेको गुनासो गर्ने गरेका छन् ।

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: