Friday, May 19, 2017

चीनमा 'दंगल' ले कमायो ५ सय करोड




आमिर खान स्टारर फिल्म 'दंगल' ले भारतमा रेकर्डतोड विजनेश गर्यो र अब चीनमा पनि फिल्मले सारा रेकर्ड तोडेको छ । फिल्मले चीनमा अहिलेसम्म ५०० करोड आम्दानी गरिसकेको छ । रोचक कुरा त यो छ कि फिल्मले भारतमा ३८७.३८ करोडको मात्र विजनेश गरेको थियो । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै चीनमा 'दंगल' को आम्दानीको विषयमा जानकारी दिएका छन् । 
योसँगै 'दंगल' ले चीनमा यो ५ रेकर्ड बनाएको छ :-
१. 'दंगल' पहिलो भारतीय फिल्म हो, जसलाई चीनमा सबैभन्दा बढी स्क्रीन्स मिलेको छ । 'दंगल' चीनका ७ हजार स्क्रीन्समा रिलिज भएको छ ।  
२. १३.१९ करोड रुपैयाँ कमाएर यो फिल्मले पहिलो दिननै सबैभन्दा बढी आम्दानीको रेकर्ड पनि बनाएको छ ।
३.  'दंगल' चीनमा पहिलो विकेन्डमा सबैभन्दा बढी विजनेश गर्ने फिल्म पनि बनेको छ । 
४. चीनमा सबैभन्दा बढी कलेक्शन गर्ने 'दंगल' भारतको पहिलो फिल्म हो । 
५. 'दंगल' पहिलो भारतीय फिल्म हो, जसले भारतमा भन्दा चीनमा बढी विजनेश गर्न सफल भएको छ । 
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: