Saturday, June 24, 2017

नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाँइ खिजीफलाटै आँउदै

पाल्दे शेर्पा, असार १० ओखलढुगां ।  नेकपा एमाले खिजीदेम्बा गाँउपालिकाको वडा नं १ र २ को संयुक्त आम सभा आज रगनीको पोल्थलीमा सम्पन्न भएको छ । नेकपा एमालेको चुनाबी अभियानका क्रममा आज रगनीको पोल्थलीमा बृहत चुनाब सभा सम्पन्न भएको हो । चुनाबी सभामा नेकपा एमालेका सांसद यज्ञराज सुनुवार, खिजीदेम्बा गाँउपालिकाका नेकपा एमालेका अध्यक्षका उम्मेदवार ल्हाक्पा गेल्बु शेर्पा, उपाध्यक्षका उम्मेदवार पार्बती रोका र वडा नं १ का वडा अध्यक्षका उम्मेदवार केशरबहादुर रोका वडा नं २ का वडा अध्यक्षका उम्मेदवार काजी शेर्पाको आतिथ्यता रहेको थियो । चुनाबी सभामा बोल्दै सांसद यज्ञराज सुनुवारले खिजीदेम्बा गाँउपालिकाको समग्र बिकासका लागि सुर्यमा भोट हाल्नुभन्दा अन्य बिकल्प नरहेको बताउनुभयो । सांसद सुनुवारले खिजीदेम्बा गाँउपालिकाको अहिलेसम्मको बिकासमा एमालेनै प्रमुख बिकास गर्ने पार्टी रहेको बताँउदै आगामी १४ गते हुने चुनाबमा सुर्यमा भोट हालेर ल्हाक्पा गेल्बु शेर्पाको सिंगो टिमलाई जिताउन उपपिस्थत मतदाताहरुलाई आग्रह गर्नुभयो । यस्तै चुनाबी सभामा बोल्दै अध्यक्षका उम्मेदवार ल्हाक्पा गेल्बु शेर्पाले आफु खिजीदेम्बा गाँउपालिकाको सबै भुभाग पुगेकाले, पात्लेको माथिल्लो भेगमा यस अघिसम्म कुनैपनि पार्टीका अध्यक्षका उम्मेदवार नपुगेको र चुनाब लागेपछि मात्र भोट माग्न त्यस भागमा पुगेको बताउनुभयो । उहाँले आफुले पहिला देखि नै माथिल्लो भेगका बिकट बस्तीहरु पहिचान गरिसकेकाले अब आफुले चुनाब जिते जनताको भाबनामा रहेर काम गर्ने बताउनु भएको छ । यस्तै नेकपा एमाले खिजीदेम्बा गाँउपालिकाको गाँउपालिका स्तरीय चुनाबी सभा भोली खिजीफलाटेबजारमा हुने जनाएको छ । भोली खिजीफलाटेमा हुने बृहत सभालाई सम्बोधन गर्न नेकपा एमालेका पोलिट ब्युरो सदस्य पशुपति चौलागाँई, जिरी नगरपषलिकाका मेयर टंक जिरेल र नेकपा एमालेका साँसद यज्ञराज सुनुवारले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले खिजीदेम्बा गाँउपालिका वडा नं ६ का वडा समितिका सचिब पाल्दे शेर्पाले बताउनुभयो ।

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: