Thursday, June 1, 2017

‘टाइगर ट्राप’ माेबाइ गेम: बाघचाल खेलकाे राेचक रुपमा !

इसानी टेक्नोलोजीले टाइगर ट्राप (Tiger Trap) नामक अत्यन्तै रमाईलो र क्रिएटिभ एन्ड्रोइड एप्लिकेशन ल्याएको छ । यो एप्लिकेशनमा लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित छ ।

पराम्परागत बाघचाललाई नयाँ स्वाद र रोचकता थपेर टाइगर ट्राप गेम खेल्नु पर्ने हुन्छ । गेमको नामले बताए झै विभिन्न १५ लेभलमा रहको यस गेम जित्नको लागि गोट अर्थात बाख्राले बाघलाई ट्राप (घेराबन्दी) मा पारेर जित्नुपर्ने हुन्छ ।
निकै चातुर्यातापूर्वक खेल्नु पर्ने यस खेलमा बाघले बाख्रालाई खानबाट जोगाउनु पर्ने हुन्छ । परम्परागत बाघचाललाई अझ रोचक ढङ्गले विभिन्न लेभलमा प्रस्तुत गरिएको छ । आयातकार आकारमा मात्र नभइ त्रिभुजाकार आकारमा पनि लेभलहरु विकास गरिएका छन् ।

यस खेलका मूख्य फिचरहरुमा
१‍. गोट मोड, मल्टिप्लेयर मोडहरु (टु प्लेयर मोड र ब्लुटुथ मोड) गरी तीन ओटा फरक मोड,
२‍. बढ्दाे कठिनाइसहितका विभिन्न लेभलहरु
३‍‍. गेमप्लेलाई सजिलो बनाउन पावर प्लेको प्रयोग
४. फेसबुकमा अचिभमेन्ट सेयर गर्न सकिने

ग्राफिक्सको कुरा गर्नु पर्दा निकै राम्रो ग्राफिक्सको प्रयोग गरिएको छ । यसका लेभल पार गर्नका लागि निकै ट्रिक र दिमाग लागाउनु पर्ने हुन्छ ।
यस खेलको नियम नजान्नेका लागि हिन्ट तथा हेल्प पनि दिइएको छ भने लाइफलाईन पनि राखिएको छ ।

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: