टर्कीको सिनाक प्रदेशमा बुधबार अबेर राति टर्की सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १३ सैनिकले ज्यान गुमाएका छन् । सिर्नाक प्रदेशको सेनोबाबाट १३ सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाले जनाएको छ । स्थानीय समयअनुसार बुधबार राति २०स्५५ बजे उडेको केही समयमै ‘हाइभोल्टेज’ का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ । सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
0 comments: