बलीउडकी चर्चित अभिनेत्री रवीना टन्डनले भनेकी छिन् कि एक समय यस्तो थियो, जुनबेला उनी बलीउड अभिनेता संजय दत्तप्रति निकै आकर्षित थिइन् । रवीनाले यो खुलासा आफ्नो नयाँ फिल्म 'शब' को प्रचारको क्रममा गरेकी हुन् ।
फिल्म 'शब' को लागि आयोजित एक साक्षात्कारमा जब रविनालाई उनको मनपर्ने कलाकारको बारेमा पत्रकारले प्रश्न गरे तब उनले भनिन्, 'बाल्यकालमा म ऋषि कपूरको फ्यान थिएँ र जब म ठूली भएँ तब संजय दत्तप्रति आकर्षित हुन थालेँ । मैले उनीसँग सात फिल्ममा काम गरेको छु । म उनीसँग काम गर्दा निकै डराउँथेँ किनकी मलाई यो सबै सपना लागिरहेको थियो । जुन व्यक्तिको पोस्टर मैले आफ्नो कोठाको भित्तामा टाँसेकी थिएँ त्यही व्यक्तिसँग म काम गरिरहेको छु भन्ने कुराको मैले विश्वास नै गरिरहेको थिइन् ।' एक समय रविनाको बलीउड अभिनेता अक्षय कुमारसँग पनि नाम जोडिएको थियो ।
रवीना र संजयले 'क्षत्रिय', 'विजेता' र 'एल.ओ.सी कारगिल' जस्ता फिल्ममा एकसाथ काम गरेका छन् । फिल्म 'शब' को बारेमा जानकारी दिँदै रवीनाले भनिन्, 'यो सम्बन्धमा आधारित निकै संवेदनशील फिल्म हो ।'

0 comments: