Sunday, July 16, 2017

ओखलढुगांमा ट्राफिक नियम उल्लंघनमा कमी हुँदै, असार महिनामा २ सय ५ वटा सवारी साधन कारबाहीमा ।।

दानुरी शेर्पा ओखलढुङ्गा । ट्राफिक प्रहरी पोष्ट रमाइलो डाँडा ओखलढुगांले गएको महिनादेखि केही ट्राफिक नियम उल्लंघनमा कमी हुँदै गएको जनाएको छ । 

ट्राफिक प्रहरी पोष्ट ओखलढुगांका प्रहरी पर्शुराम दनुवारले केही महिना अगाडी भन्दा गएको असार महिनामा ट्राफिक नीयम उल्लंघनका क्रियाकलापहरु कमी हुदै गएको बताउनुभयो । ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु संचालन भइरहेकाले कमी आएको ट्राफिक प्रहरी दनुवारको भनाइ छ । यस्तै ट्राफिक प्रहरी पोष्ट रमाइलो डाँडा ओखलढुगांले गएको असार महिनामा २ सय ५ वटा सवारी साधनको कारबाहीबाट १ लाख ३९ हजार ५ सय रुपैँयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले पारबहन क्षमता बढी सामान बोकेको इजाजत बिना सवारी साधन चलाएको बिना हेल्मेट मोटरसाइकलम ३ जना चढेको लगायतका नियम उल्लंघन  बिषयमा कारबाही गरी राजश्व संकलन गरेको हो । ट्राफिक प्रहरीले यसभन्दा अगाडी उल्लेख्य मात्रामा राजश्व संकलन गरेपनि असार महिनामा भने राजश्व संकलनमा कमी देखिएको छ । राजश्व संकलनमा कमी हुनु ट्राफिक नियम उल्लंघनका क्रियाकलापहरु नै कमी भएकाले राजश्व पनि कम संकल भएको ट्राफिक प्रहरी पोष्ट रमाइलो डाँडाले जानकारी दिएको छ । असार महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ट्रक ६३ वटा, बस २७ वटा, ट्याक्टर १९ जिप ६४ वटा, मोटर साइकल ३२ वटा गरी जम्मा २ सय ५ वटा सवारी साधन कारबाही परेका छन् ।
See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: