Monday, July 24, 2017

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

नेपालको कप्तान सन्दीप लामिछानेको घातक बालिंको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ ।  
सिंगपुरमा जारी आईसीसी एसिया अंडर १९ विश्वकप छनौटा प्रतियोगितामा नेपालको चौथो जीत निकाल्न सफल
भएको छ। 
९० रनको झीनो लक्ष्य पाएको नेपालले मात्र २२. २  ओभरमा उक्त लक्ष्य  भेटेको थियो। 
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले यसक्रममा ६ चौका हिर्काएका थिए।  
उनलाई दिपेन्द्रसिंह ऐरले १९ तथा ओपनर सन्दीप सुनारले १५ रन बनाएर साथ दिए ।
यसअघि, कप्तान सन्दीपले ७ विकेट लिएपछि मलेसिया ८९ रनमा अलआउट हुन पुगेको थियो ।
सन्दीपले ९.१ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १३ रन खर्चेर सात विकेट लिए । शहबाब आलमले २ विकेट लिए ।
मलेसियाका लागि ओपनर सायेद अजिजले ४६ रन बनाउनबाहेक अन्य कुनै ब्याटसम्यानले ठूलो योगदान दिन सकेनन् ।
जीतसँगै नेपालले विश्वकपमा छनौट हुने आशा कायम राखेको छ ।
नेपालले हालसम्म पाँचमध्ये चार खेल जितेको छ । नेपालले दुवैपटक मलेसिया र सिंगापुरलाई पराजित गर्न सफल रहेको छ भने एक मात्र खेलमा अफगानिस्तानसँग पराजित भएको छ ।
 राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । 
रातोपाटी बाट

See more at : dembakhabar.blogspot.com

SHARE THIS

Author:

0 comments: